Logo

६ महिनाको लागि निलम्बन गरेको निर्णयको भत्सर्ना गर्दै रावलले भने–पूर्ण रुपमा अस्विकार गर्छु



काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट ६ महिनाको लागि गरेको निलम्बन अस्विकार्य भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो बताएका हुन् । उनले ओलीको उक्त निर्णय भत्र्सना गर्दै आफूले पूर्ण रुपमा अस्विकार गर्ने जनाएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेपछि रावलले यस्तो प्रतिक्रिया दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्