Logo

ओलीले माधव नेपाल र रावललाई ६ महिना निलम्बन गरेपछि योगेशको टिप्पणी : फर्कनु नै कल्याण हुनेछ !



काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता योगेश कुमार भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र अर्का प्रभवशाली नेता डा. भीम बहादुर रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।

उनले कारबाही र सजाय कमजोर शक्ताको अन्तिम अस्त्र भएको र यसले परीणाम उल्टो हुने निश्चित् रहेको पनि टिप्पणी गरेका छन् । उनले नेताहरु नेपाल र रावललाई निलम्बन गर्ने निर्णबाट पछि फर्कनको लागि अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो लेखेका छन्-“कार्वाही र सजाँया कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !”



प्रतिक्रिया दिनुहोस्