Logo

ओलीको आजको कदम त प्रतिक्रियामात्रै हो, अब माधव नेपाल एमालेमा रहँदैनन् : खनाल (भिडिओसहित)



काठमाडौं, १६ चैत्र । राजनीतिक विश्लेषक मुमाराम खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र अर्का नेता भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि ६ महिनासम्म निलम्बन गरेको घट्नालाई प्रतिक्रियामात्रै भएको बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले केन्द्रबाट कारबाहीको प्रक्रिया सुरु गरेको र उनको यो कदम सफलतातर्फउन्मुख रहेको टिप्पणी गरे । विश्लेषक खनालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईबीच पनि एकता हुने सनसनीपूर्ण खुलासा गरे । उनले एमाले पनि फुट्ने नै जिकिर गरे । उनले अब एमालेभित्र माधव नेपाल समूहको भविष्यको कुरा गर्दा राजनीतिक कार्यदिशा बनाउन सक्दा त्यति खराब नहुने पनि दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्