Logo

प्रधानमन्त्रीलाई सभामुखले यसरी भेट्न मिल्छ?



काठमाडौं, चैत १७ । प्रतिनिधिसभाका सभामुखले प्रधानमन्त्रीलाई भेट गर्नु सामान्य भए पनि प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा गएर दुई घण्टासम्म भेट गर्नुलाई भने अस्वाभाविक मानिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई भेट गरेपछि उनको तीव्र आलोचना भइरहेको हो।

प्रधानमन्त्री र सभामुखबीच विगतमा पनि भेट नभएका होइनन्। संसद्मा प्रधानमन्त्री आएका बेला सभामुखले प्रधानमन्त्रीसँग अनौपचारिक भेट गर्ने चलन छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विगतमा धेरैपटक प्रधानमन्त्रीसँग भेट गरेका छन्। तर, धेरैपटक आफ्नो कार्यकक्ष सिंहदरबार वा संसद् बैठक बसेको दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भेट भएको छ।

स्रोत भन्छ, ‘नेम्वाङले प्रधानमन्त्रीलाई उनको सरकारी निवासमा गएर औपचारिक भेट गरेको कुरा सायद छैन होला।’ सभाध्यक्ष नेम्वाङले भने यस विषयमा केही बोल्न चाहेनन्, उनले यति मात्र भने ‘प्रधानमन्त्री र सभामुखबीच धेरै समयदेखि भेट हुनसकेको थिएन सायद त्यही भएर होला बालुवाटार पुगेर लामो छलफल गर्नुभयो।’

सभामुख जस्तो उच्च पदाधिकारीले प्रधानमन्त्रीको नीजि निवास बालुवाटार मै पुगेर औपचारिक रूपमा प्रधानमन्त्री भेट गर्दा त्यसले व्यवस्थापिकाको मर्यादामा ठेस पुग्न सक्ने राजनीतिक विष्लेषण छ। प्रधानमन्त्री ओलीलाई सभामुख सापकोटाले विदाको दिन निवासमा पुगेर औपचारिक भेट गरेपछि के सभामुख प्रधानमन्त्रीको कर्मचारी हुन् भन्ने प्रश्न उठेको छ।

संविधानविद् डा।भीमार्जुन आचार्यले प्रधानमन्त्रीको र सभामुखबीच औपचारिक र निजी भेट हुने संसदीय अभ्यास रहेको बताए। ‘शनिबारको प्रधानमन्त्री र सभामुखबीचको औपचारिक भेट हो भने तौरतरिकका यस्तो भेटिँदैन,’ उनले भने। ‘प्रधानमन्त्री कार्यपालिकाको प्रमुख हो, भने सभामुख संसद्को प्रमुख हो, प्रधानमन्त्रीले सभामुखलाई भेट गर्दा आफू निकटको कर्मचारीलाई भेट गरेजस्तो भयो, आगामी दिनमा ख्याल गर्नुपर्छ,’ डा।आचार्यले भने।

स्रोतका अनुसार प्रधानमन्त्री र सभामुखबीच धेरै समयदेखिको तिक्तता रहेका कारण निवासमा पुगेर लामो भेट भएको हुनसक्छ। स्रोतले भन्यो सभामुखले प्रधानमन्त्री कार्यालय सिंहदरबारमै भेट गर्नुपर्दथ्यो, प्रधानमन्त्रीको निवासमा भेट गर्नुभन्दा १८ गतेको संसद् बैठक बस्नुअघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवनमा भेट गर्नुपर्दथ्यो वा चैत १० गतेको संसद् बैठक बस्नुअघि भेट गर्नुपथ्र्यो। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार ११ बजेदेखि २ बजेसम्म भेट भएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम