Logo

सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न प्रचण्ड सर्वोच्च अदालतमा



काठमाडौं, १७ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाविरुद्ध पूनरावलोकन गर्न सर्वोच्च अदालत पुगेका छन् । दाहालसँगै अदालतमा माओवादी केन्द्रका नेताहरु जनार्दन शर्मा, बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, पम्फा भुषाल पुगेका थिए ।

पूनरावलोकनमा जानुअघि दाहालले कानून व्यवसायीहरुसँग पनि परामर्श गरेका थिए । हिजोमात्रै, दाहालले नेकपा (एमाले) का नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालसँग पूनरावलोकनमा जानेबारे छलफल गरेका थिए । यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी ऋषि कट्टेलको हुने भन्दै अदालतले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो। File Photo



प्रतिक्रिया दिनुहोस्