काठमाडौं, १७ चैत्र । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको सन्तुलन र नियन्त्रणका अंगहरु भागबण्डाको मारमा परेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रजातन्त्रलाई आड र भरोसा दिने अंगहरु कमजोर भएकोमा चिन्ता व्यक्त गरे ।
नेपालमा अरु रेलिङका अंगहरु कमजोर हुँदापनि नागरिक समाज र नेपाली प्रेस जगतले सालाखाला आफ्नो जिम्मेवारी पूरा गरेको उनको विश्वास छ । उनले नेपाली प्रेस जगतको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । उनले रिपोर्टर्स क्लब नेपालले ठूलो योगदान गरेको पनि सुनाए । उनले क्लबका सभापति ऋषि धमलाको भूमिकाको पनि उनले खुलेर प्रशंसा गरे ।
उनले धमलालाई आँटिला, जोशिला र भरिला युवा पत्रकारको संज्ञा दिए । उनले आफ्नो क्लबको फोरममा भागबण्डा नगरेको पनि स्पष्ट पारे । उनले क्लबले खेलेको भूमिका प्रशंसनीय रहेको पनि सुनाए । र, आगामी दिनमा पनि कसैको भागबण्डामा नपर्न उनले धमलालाई सुझाए ।




प्रतिक्रिया