Logo

उपेन्द्र यादवले औंल्याए राष्ट्रिय सहमतिको आवश्यकत्ता (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले रिपोर्टर्स क्लब नेपालले परिवर्तनको मुद्दामा अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । लोकतन्त्र, प्रेस स्वतन्त्रताको पक्षमा र जनता सुसुचित गर्ने अभियानमा धेरै ठूलो योगदान पुर्याएको भन्दै उनले क्लब र यसका सभापति ऋषि धमलालाई धन्यवाद दिए ।

क्लबको २३औं वार्षिकोत्सवकको अवसरमा आयोजित विशेष समारोहमा सम्बोधन गदै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले विभिन्न कालखण्डमा आन्दोलन गरेर ल्याएको परिवर्तन जोगाउनुपर्नेमा सबैलाई आग्रह गरे । उनले भने,आन्दोलन हामी गर्छौ । परिवर्तनपछि ल्याउँछौं । सरकारमा पनि जान्छौं । तर, उपलब्धि जोगाउन सक्दैनौं । के पचेको हो ? के नपचेको हो ? उनले धेरै संघर्ष र आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको सुनाए । यो नै सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाई छ ।

यादवले पछिल्लो समय कता हो कता संघीयता र समावेशितामाथि नै ग्रहण लाग्न लागेको हो कि भन्ने पनि उनले टिप्पणी गरे । संविधान नै धरापमा पर्ने हो कि भन्ने आशंका सबैतिरबाट उठेको भन्दै उपलब्धि जोगाउनुपर्नेपनि यादवको भनाई छ । उनले मुलुकलाई शान्ति र समृद्धितर्फ अघि लैजानको लागि सहमतिको आवश्यकत्ता रहेको सुनाए । तर, पछिल्लो समय दलहरुको कार्य फरक ढंगले अघि बढ्न लागेकोमा चिन्ता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्