Logo

ऋषि धमलाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने-उहाँलाई स्मार्ट पत्रकारिता पुरस्कार दिनुपर्छ (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार ऋषि धमला सबैको प्रिय भएको भन्दै उनले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धमलाको मुक्तकण्ठले प्रशंसा गरेका हुन् ।

उनले भने ,‘ऋषि धमलाको मिहिनेत, परिश्रम हेर्नुस । ग्रासरुटबाट उठेर मिडिया हाउसकै मालिकको रूपमा आइसकेको, कलिलै उमेरमा भन्नुपर्छ । एउटै कपाल फुलेको छैन । यति चमत्कार देखाइसक्नुभएको छ, मन परोस कि नपरोस् धमलाको हमला जतिसुकै झेल्नुपरोस्, तर पनि त्यो टीभीमा मान्छे जान्छ । सबैलाई थाहा छ त्यहाँ पुगेपछि फर्काइ(फर्काइ दिन्छ धमलाले । फर्काइफर्काइ दिने हो । चर्को हमलाको सामना गर्नुपर्छ भनेर घरदेखि मन बनाएर जानुपर्छ । कसैले उपेक्षा गर्न सक्दैन । जाने हो । बोलाएपछि जानैपर्छ । ऋषि धमलासँग अर्को क्षमता छ, कोही आउँदिन भन्यो भने क्रेनले उठाएर ल्याउन सक्छन् । यस्तो म्याग्नेट छ ऋषि धमलासँग, जुन म्याग्नेटले नजिकै जान्न भन्योभ ने टपक्कै तानिहाल्छ । त्यो खालको चुम्बकत्व ऋषि धमलामा छ । भूमिगत मान्छेलाई भूमिगत रुपमै बोलाएर भूमिगत नै फर्काउने सार्मथ्य छ । त्यसैले रिपोर्टर्स क्लव आज यहाँ छ ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले पत्रकार धमलाले बोलाएको कार्यक्रममा आउँदिन भनेरपनि कसैले सुख नपाउने बताए । आउँदिन भन्नेहरुलाई धमलाले क्रेनले उठाएजस्तो गरी ल्याउने गरेको पनि पनि बताए । उनले भने-“जतिसुकै आउँदिन भन्नेलाई पनि क्रेनले उठाएर ल्याउने गर्नुहुन्छ । उहाँसँग यस्तो म्याग्नेट छ । जुन म्याग्नेटले नजिकै जान्नँ भनेपनि तानिहाल्छ ।”

प्रधानमन्त्री ओलीले रिपोर्ट क्लब सुरुवाती दिनमा सानो भाडाको कोठामा बसेको स्मरण गराउँदै प्रधानमन्त्रीले यसको नेतृत्वको कुशल नेतृत्वदायी क्षमता र दुरदर्शीताले क्लबले धेरै फड्को मारेको पनि सुनाए । उनले भने-“क्लब सुरु गर्दाखेरि सानोको भाडाको कोठामा बसेको थियो । यति पुरस्कार बाँड्ने हैसियत कहाँ थियो ? क्लबले भूमिगत मान्छेपनि त्यही हिसाबले बोलाएर, साक्षात्कार गराएर भूमिगत नै पठाउने काम पनि गर्यो । ओझेलमा परेका विषय ल्याउने काम गरेको छ । कुन ईस्यु कतिखेर ल्याउनुपर्छ भन्ने कुरा क्लबलाई थाहा छ । उहाँमा स्मार्टनेश बढि छ । ऋषि धमलालाई स्मार्ट पत्रकार पुरस्कार दिन उचित हुन्छ । मेरो सिफारिश हो है । तपाईँहरुले जान्ने कुरा हो । क्लबले धेरै उन्नति र प्रगति गर्दै जाओस् । धेरैको सहयोग प्राप्त गर्दै जाओस् । देशको धेरै सेवा गर्दै जाओस् । मेरो शुभकामना छ ।”

 



प्रतिक्रिया दिनुहोस्