Logo

रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव विशेष (फोटोफिचर)



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्वसको अवसरमा पुरस्कार वितरण तथा सम्मान गरिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राष्ट्रिय सभागृहमा वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले क्लबले वार्षिक रुपमा प्रकाशित गर्दै आएको स्मारिका विमोचन पनि गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजवादी पार्टींका अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, सरकारका मन्त्रीहरु, सांसदहरु, समाजका विभिन्न तह र तप्काका व्यक्तिहरु विशेष अतिथिका रुपमा सहभागी थिए ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्