Logo

सुरेन्द्र पाण्डेले पनि बुझाए स्पष्टीकरणको जवाफ, ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप (पत्रसहित)



काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्रको जवाफ फर्काएका छन् । ९ पृष्ठ लामो जवाफमा पाण्डेले पार्टी एकता जोगाउनको लागि २०७५ जेग २ गतेभन्दा अघि पार्टीलाई फर्काउनुपर्ने बताएका छन् । त्यस्तै, उनले फागुन २८ गते यताका सबै निर्णय बदर गर्नपनि माग गरेका छन् ।

उनले विभिन्न मन्त्रालयका निकायहरुलाई प्रधानमन्त्री ओलीले आफ्नो अधिनमा राखेर निकम्मा बनाएको पनि आरोप लगाएका छन् । र, प्रधानमन्त्री ओलीले सरकारको असफलतापछि संसद विघटन गरेको पनि उनको अर्को गम्भीर आरोप छ । पाण्डेले प्रधानमन्त्री ओलीले पार्टीलाई नै विभाजन गर्न खोेजेको पनि आरोप लगाएका छन् । File Photo/ReportersNepal

हेरौं उनको पत्र जस्तोको त्यस्तै :



प्रतिक्रिया दिनुहोस्