Logo

घाँस काट्न गएका सातजना किशोरी वेपत्ता



महोत्तरी, चैत १८ । महोत्तरीमा घाँस काट्न गएका सातजना किशोरी एकाएक सम्पर्क विहीन भएका छन् । जिल्लाको भंगहा नगरपालिका वडा नं ८ धर्मपुर पासमानका एकै टोलका सातैजना किशोरी बेपत्ता भएका छन् । प्रारम्भीक जानकारी अनुसार किशोरी वडा नं ९ अजगेवा चौरी क्षेत्रमा मंगलबार घाँस काट्न गएका थिए ।

उनीहरु साँझसम्म पनि घर नफर्किएपछि हराएको पत्ता लागेको थियो । प्रहरीले बेपत्ताहरुको खोजिकार्य सुरु गरेको जनाएको छ । हालसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन ।

दिउँसो घास काट्न गएको र राती सम्म घर नफर्केपछि प्रहरी र परिवारजनले खोजी कार्यमा जुटेका थिए । आफन्तले आसपासको स्थानियलाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । वेपत्ता हुनेमा सिमा पासवान, रञ्जन पासवान, जयोती पासवान, रिया पासवान,अर्चना पासवान, नगीना पासवान, र असमिता पासवान रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्