Logo

केपी ओलीको चिन्तन नै विघटनकारी छ, आँफै मुद्दा हार्दापनि हाँस्नुभएको छ : मुक्ति प्रधान (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रधानमन्त्री केपी शर्मा ओली उल्टो काम गर्ने नेता भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरु सर्वोच्च अदालतको फैसलाको विरुद्धमा पूनरावलोकनमा गएको बताए । उनले नेपालमा दिउँसै रात पार्ने काम त निर्वाचन आयोग र प्रधानमन्त्री ओलीले गरेको पनि गम्भीर आरोप लगाए । प्रधानले प्रधानमन्त्री ओली आफूले मुद्दा हार्दापनि खुशी भएको प्रतिक्रिया दिए । अदालतले पार्टी एकता भंग गर्न नमिल्ने पनि उनको भनाई छ । उनले सर्वोच्च अदालतको नेकपाको नाम विवादबारे आएको फैसला त्रुटिपूर्ण रहेको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्