Logo

पत्रकार महासंंघको नेतृत्वमा कसले मार्ला बाजी ? अध्यक्षका उम्मेद्धवारहरूसँग ऋषि धमलाको रोचक बहस (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । नेपाल पत्रकार महासंघको महाधिवेशन यही चैत्र २५ गते हुँदैछ । यसपटक नेतृत्वको लागि चार जनाले अध्यक्षमा उम्मेद्धवारी दिएका छन् । अध्यक्षका प्रत्यासीहरु विपुल पोखरेल, निर्मला शर्मा, गजेन्द्र बुढाथोकी र रामप्रसाद दाहालसँग पत्रकार ऋषि धमलाले हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा विशेष कुराकानी गरेका छन् । चारै जना उम्मेद्धवारहरुले आफूले चुनाव जित्ने दाबी गरेका छन् । अध्यक्षका उम्मेद्धवार विपुल पोखरेलले आफूले चुनाव जित्ने आधार बलियो रहेको दलिल पेश गरेका छन् ।

उनले आफूले पत्रकारहरुको हकहितको लागि आफूले उल्लेखनीय काम गरेको पनि सुनाए । अर्का उम्मेद्धवार, निर्मला शर्माले पनि आफूले जित्ने आधार बलियो भएको बताईन् । उनले महासंघमा दलहरुले अलिकति आँखा लगाएको टिप्पणी गरिन् ।



प्रतिक्रिया दिनुहोस्