Logo

एनसीसी बैंकको ३ अर्ब ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, १८ चैत्र । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले बिक्रि खुल्ला गरेको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिन्छ । बैंकले चैत्र १३ गतेबाट ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा विक्रि खुला गरेको हो ।

बैंकले १० वर्ष अवधिको लागि ‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ नाम दिएको छ । निष्कासन गरेको ऋणपत्रमध्ये ११ लाख ४० हजार कित्ता सर्वसाधारण, ६० हजार कित्ता सामुहिक लगानी र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बैंकले ऋणपत्र छुट्टाएको छ ।

ऋणपत्र बिक्रि तथा प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको अनुसार  न्युनतम २५ कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन सकिने  छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम