Logo

नेप्सेद्वारा दुई लघुवित्तको शेयरमुल्य समायोजन



काठमाडौं, १८ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज दुई लघुवित्तको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार उन्नती सहकार्य र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर मुल्य समायोजन गरेको हो ।

आरम्भ चौतारी लघुवित्तको मंगलबारको अन्तिम कारोबार मुल्य १६ सय ६० रुपैयाँको आधारमा नेप्सेले ८.८५ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १५ सय २५ रुपैयाँ कायम गरेको छ ।
त्यस्तै, उन्नती सहकार्य लिमिटेडको मंगलबार भएको अन्तिम कारोबार मुल्य २७ सय ३० रुपैयाँको आधारमा प्रतिकित्ता २३ सय १७ रुपैयाँ शेयर मुल्य कायम गरेको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्