Logo

बालयौन दुराचार गर्ने अमेरिकी नागरिक पक्राउ



काठमाडौं, १८ चैत्र । बालयौन दुराचारको अभियोगमा एक जना अमेरिकी नागरिक पक्राउ परेका छन् । बालयौन दुराचारको अभियोगमा पोखरा महानगरपालिका–१८ सेदीस्थित बिष्णु होमस्टेबाट क्यालिफोरनिया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको, अमेरिकामा रहदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक संजाल मार्फत सम्पर्क गर्ने गरेको तथा २०२१ मार्च २१ मा नेपाल अवतरण गरी बालयौन दुराचारको मनसाय राखी पोखरा गएको खुल्न आएको छ ।

उनको साथबाट ४ हजार ६ सय अमेरीकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राईभ, र १ थान अमेरिकन राहदानी प्रहरीले बरामद गरेको जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाईएको केन्द्रीय अनुसन्धान व्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्