Logo

रेशम चौधरीलाई माफी दिने कुरा आएको छ, यो सही कुरा होईन : दुर्गा पौडेल (भिडिओसहित)



काठमाडौं, १८ चैत्र । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले रेशम चौधरीलाई माफी दिनु न्यायसंगत नहुने बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएकी हुन् ।  उनले भनिन्,‘टीकापुर घट्नाको अभियोगमा अदालतबाट सजाए पाएका रेशम चौधरीलाई अहिले माफी दिनेकुरा आमसञ्चार माध्यममा आईरहेको छ । त्यसैले विषयमा सरकारको स्थिति स्पष्ट गर्नको निम्ति सम्माननीय सभामुखमार्फत सरकारलाई अनुरोध गर्न चाहान्छु । टिकापुर काण्डमा एक जना सानो दुई वर्षको बालकलाई समेत गोली हानेर हत्या गरिएको थियो । जुन घट्ना अत्यन्त बर्बर, अमानवीय र जघन्य हत्या थियो । त्यसैले यो हत्या काण्डलाई लिएर अहिले त्यो राजनीतिक कार्य भनेर माफी दिनु यो कदापि सहि हुनसक्दैन सभामुख महोदय । र, यस विषय र यसप्रकारको कारबाहीलाई हेर्दाखेरी अहिलेपनि विभिन्न पक्षहरुबाट यसलाई राजनीतिक मुद्याको नाममा अगाडि बढाईनुपर्छ भन्ने जुन विचार आहिरहेको छ, यो विचारलाई पनि सही भन्न सकिँदैन् ।’

उनले नेकपा अलग–अलग भपएपछि सरकारमा कुनैपनि दलमा बहुमत नभएको उल्लेख गरिन् । सरकार बनाउनको लागि खासगरी बहुमत जुटाउनको लागि रेशम चौधरीको रिहाईको मागलाई पूरा गर्न कतिपय पक्षहरुबाट तत्परता देखाईएको पनि उनले टिप्पणी गरिन् । उनले भनिन्,‘सम्माननीय सभामुख महोदय अहिले पूर्व नेकपाको फुट पछि सरकारमा कुनै पनि दलहरुको बहुमत छैन । सरकार बनाउनलाई बहुमत जुटाउन लागि अहिले कतिपय पक्षहरुबाट रेशम चौधरीको मागलाई पुरा गर्ने तत्परता यानेकी माफी दिने मागलाई पुरा गर्नका लागि तत्परता देखाएको पक्षहरुबाट यी कुरा अगाडि आहिरहको छ । यसो भएमा सभामसख महोदय, कानून र नियमको अबहेलना हुनेछ । त्यतिमात्र होईन, अराजनीतिक र सिद्धान्तहीनको यो सौदाबाजी हुनेछ । जसले देशमा नै अत्यन्त नराम्रो नजिर पनि स्थापित गर्नेछ ।’

उनले उक्त विषयमा सरकारको ध्यानाकार्षणसमेत गरिन् । उनले अघि भनेकी छिन्–‘सभामुख महोदय त्यसैले हामीले यो विषयमा सरकारको गम्भीर ध्यानाकार्षण गराउन चाहान्छौँ । बास्तवमा थारु नेपालको प्राचिन जाति हो । र उनीहरुमाथि सदियौंदेखि शोषण र उत्पीडन हुँदै आएको छ । त्यसका विरुद्धको मुक्ति आन्दोलनलाई हामी दृढतापूर्वक सर्मथन गर्दछौ । तर, टिकापुर घटनाको एउटा नावालकको हत्या जुन गरियो त्यो जघन्य हत्या थियो । त्यसलाई थारुहट आन्दोलनसँग जोड्नु न्यायोचित हुँदैन । सभामुख महोदय, त्यसबाट आउने विचारलाई सही भन्न सकिँदैन् । त्यसैले त्यो घट्नाको जिम्मेवार व्यक्तिहरुलाई कानूनबमोजिम कडाभन्दा कडा सजाय दिईनुपर्छ र त्यसको निम्ति सरकारले त्यो विषयमा गम्भिरतापूर्वक अगाडि बढ्नुपर्छ भन्दै सम्माननीय सभामुखमार्फत सरकारलाई ध्यानार्काषण गराउन चाहान्छुु ।’

 



प्रतिक्रिया दिनुहोस्