Logo

फ्रान्समा तेस्रो लकडाउनको घोषणा



एजेन्सी, १९ चैत । फ्रान्समा फेरि लकडाउनको घोषणा गरिएको छ । फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका हुन् ।

कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरिएको बताइएको छ ।

शनिबारदेखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहनेछ। राजधानी पेरिसलगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खाले प्रतिबन्धहरू लगाइएका थिए।

म्याक्रोंले देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताएका छन्। फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ। पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन थालिए पनि त्यसको गति सुस्त भएकाले नयाँ भेरियन्टसहित फ्रान्समा कोरोनाको तेस्रो लहर चलिरहेको छ।

अहिले फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन्।बिरामीहरू धेरै भएर देशको स्वास्थ्य प्रणालीले नै काम गर्न नसक्ने अवस्था नआओस् भनेर म्याक्रोंले अर्थतन्त्रलाई दाउमा राखेर फेरि लकडाउन घोषणा गरेको बताइएको छ।

म्याक्रोंले यसअघि महामारीमा पनि अर्थतन्त्रलाई चलायमान बनाइरहने र बालबालिकाको पढाइमा अवरोध हुन नदिने बताउँदै आएका थिए ।दृष्टिबाट/Photo: Agency



प्रतिक्रिया दिनुहोस्