Logo

ओलीलाई अध्यक्षबाट हटाएर नयाँ कमिटी गठन गर्ने माधव नेपालको घोषणा



काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) का नेता माधव कुमार नेपालले काँस्कीमा आफू पक्षीय कमिटीको घोषणा गरेका छन् । उनले आफूलाई देशभरिका नेता तथा कार्यकर्ताको दरिलो साथ रहेको भन्दै अब केन्द्रमा पनि छिट्टै छुट्टै कमिटी घोषणा गर्ने जनाए । उनले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर केन्द्रमा नयाँ कमिटी गठन गर्ने घोषणा पनि गरे ।

आज (बिहीबार) बिहान कास्कीमा आफू पक्षीय कमिटीको घोषणा गर्दै नेपालले यस्तो बताएका हुन् । उनले आफू केपी ओलीको कारबाहीबाट नडराएको भन्दै खुट्टा कमाएर नभाग्ने र नडग्ने पनि बताए । नेता नेपालले हिजोमात्रै काठमाडौंमा आफू पक्षीय युवा संघको कार्यालयको उद्घाटन गरेका थिए । उक्त अवसरमा नेता नेपालले नेता तथा कार्यकर्तालाई पार्टी कार्यालय राख्नको लागि घर हेर्नपनि आग्रह गरेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्