Logo

अज्ञात समूहले चलाएको गोली लागेर एकजना घाइते



महोत्तरी, चैत १९ । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन्। जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ।

उनको हात र कोखमा चोट लागेको छ। कोइरालाको बर्दिवासमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्