Logo

माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ : विष्णु रिजाल



काठमाडौं, १९ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले नेपाली कांग्रेस र सरकारलाई समर्थन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको सुन्दा आफूलाई उदेक लागेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रिजालले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन कसले रोकेका छ र ? भन्ने प्रश्नपनि उठाएका छन् ।

उनले लेखेका छन्-“कांग्रेस र सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्र दुबैले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ । नबुझेको कुरा: आफैंले दिएको समर्थन फिर्ता लिन र संविधानले व्यवस्था गरे अनुसार अविश्वास प्रस्ताव ल्याउन उनीहरूलाई सरकारले रोकेको छ र ?”



प्रतिक्रिया दिनुहोस्