Logo

सिटिजन्स बैंकको लहानमा नयाँ शाखा संचालन



काठमाडौं, १९ चैत्र । सिटिजन्स बैंक इन्टरनेशनलले सिराहाको लहानमा नयाँ शाखा संचालन गरेको छ । बैंकले लहान शाखाबाट आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने जनाएको छ ।

बैंकले यस शाखामार्फत साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवा उपस्थित थिए । हाल बैंकले १६७ शाखा, ११८ एटीएम र १०७ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्