Logo

कालिका लघुवित्तको बैशाख ७ गते साधारण सभा हुने



काठमाडौं, १९ चैत्र । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बैशाख ७ गते साधारण सभा हुने भएको छ । कम्पनीको अनुसार संस्थाको दशौं र एघारौ वार्षिक साधारण सभा प्रयोजनार्थ चैत्र २२ गतेबाट बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने भएको हो ।

चैत्र २० र २१ गते बिदा परेको हुनाले आजसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको सभा पोखराको बुद्वचोकको कास्की, टास्क इन्टरनेशनल सभाहलमा बिहान ८ देखि सुरु हुने भएको छ । सभाले शेयरधनीहरुलाई १० प्रतिशत शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

2 page.indd



प्रतिक्रिया दिनुहोस्