Logo

जतिसक्दो छिटो ओली सरकारको बहिर्गमन हुनुपर्छ : डा. संग्रौला (भिडिओसहित)



काठमाडौं, १९ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेतृ तथा सांसद डा. डिला संग्रौलाले आफ्नो पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे अहिले छलफल नभएको स्पष्ट पारिन् । उनले पार्टीको केन्द्रीय कमिटी बैठक बसेर यसबारेमा कुनै निर्णय नगरेको जिकिर गरिन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन चाहेको सुनाईन् ।

उनले यसबारेमा पार्टीले तत्काल निश्कर्ष निकाल्नुपर्ने आफ्नो व्यक्तिगत मत रहेको बताईन् । सांसद संग्रौलाले यही अवस्थामाट छोडेर मुलुक अघि बढ्न नसक्ने बताईन् । उनले प्रधानमन्त्री ओलीविरुद्ध सबै एकमत भएर अघि बढ्नुपर्ने पनि धारणा राखिन् । उनले अब बस्ने केन्द्रीय कमिटी बैठकले ओली सरकार ढाल्नेबारे निर्णय गर्नुपर्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्