Logo

एसपी नै ठगिएपछि



काठमाडौैं, १९ चैत । नौ सयको कफिलाई ४० हजारमा बेच्ने गिरोहबाट प्रहरीको एसपी नै ठगिएको खुलेको छ । डाइटिङ र व्यायामबिनै सातामा १३ किलोसम्म तौल घटाउन सकिने ग्रिन कफी भन्दै सामाजिक सञ्जालमा भटाभट आउन थालेको विज्ञापनले एकजना एसपीको ध्यान तान्यो । उनले तत्काल सामाजिक सञ्जालमार्फत नै विज्ञापनकर्ता अनुसन्धान गर्न थालिन् । विज्ञापनमा सम्पर्क नम्बर पनि थियो । शंकास्पद देखिएपछि उनले सोही नम्बरमा फोन गरिन् । र, ग्रिन कफीको अर्डर गरिन् । सात हजार नौ सय ८० रुपैयाँमा उनले तीन सय ग्राम कफी पनि खरिद गरिन् ।

घरमा दिदीमा मोटोपनको समस्या थियो । खरिद गरेको ग्रिन कफी उनले दिदीलाई खुवाउन थालिन् । ग्रिन कफीले वाकवाक लगाउने समस्या देखायो । तर, तौल घटाउने कुनै संकेत देखाएन । उनले अन्य प्रयोगकर्तासँग पनि ग्रिन कफीका बारेमा सोधखोज गरिन् । तर, विज्ञापनमा भनिएजस्तो कुनै असर नदेखाएको प्रतिक्रिया प्रयोगकर्ताबाट पाएपछि उनले कम्पनीको खोजी गरिन् । खुसिबुस्थित एक घरमा टिम वान सप्लायर्स प्रालि नामको कार्यालय भेटियो । सोही कार्यालयबाट ग्रिन कफी बिक्री भएको खुलेपछि प्रहरीले छापा मा¥यो ।

त्यहाँबाट ६ सय ४४ केजी ग्रिन कफीसहित २५ थान ल्यापटप र कम्प्युटर बरामद भयो । घटनास्थलमा आशिष आचार्य र रसियन नागरिक इगोर पक्राउ परे । प्रहरीले इगोरको कोठामा खनतलासी लियो । कोठाबाट जब बिट क्वाइन माइनिङ गर्न प्रयोग हुने उपकरण भेटियो, त्यसपछि उनीहरू कफी बेच्ने आवरणमा बिट क्वाइन माइनिङको समेत धन्दामा संलग्न रहेको रहस्य खुलेको हो ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्