Logo

लागूऔषध गाँजा बरामद



पर्सा, १९ चैत्र । प्रहरीले अवैध लागूऔषध गाँजा बुधबार बरामद गरेको छ । पटेर्वासुगौली गाउँपालिका–२ अखवा टोल बस्ने रामेश्वर पंजियारको घरबाट अवैध लागूऔषध गाँजा २६ किलो ५ सय ग्राम, गाँजा च्याप्ने मेसिन १ थान , ढक ३ थान र तुलो १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पंजियारको घरमा बोराभित्र लुकाइ छिपाई राखेको अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारी बरामद गरेको बताएको छ । फरार पंजियारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्