Logo

बिहीवार ७ अर्बभन्दा बढीको शेयर कारोबार



काठमाडौं, चैत २० । काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा रू ७ अर्ब २५ करोड ९ लाख २४ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २१८ कम्पनीको ७४ हजार २०८ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर कारोबार भएको हो ।

बुधवारको तुलनामा बिहीवार कारोबार रकम बढी छ । बुधवार रू ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार बराबरको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर कारोबार भएको थियो । बिहीवार अपर तामाकोशीको सबैभन्दा बढी रकमको शेयर कारोबार भएको छ । अपर तामाकोशीको रू। २९ करोड ५६ लाख ३५ हजार बराबरको शेयर कारोबार भएको छ ।

सर्वाधिक रकमको कारोबार भएको अपर तामाकोशीको शेयरमूल्य भने यस दिन २ दशमलव १२ प्रतिशत घटेको छ । प्रतिकित्ता रू १८ ले घटेर कम्पनीको अन्तिम शेयरमूल्य रू। ८८० कायम भएको हो ।

अघिल्लो कारोबार दिन बुधवारको तुलनामा नेप्से परिसूचक शून्य दशमलव ४९ प्रतिशत बढेको छ । यस दिन १२ दशमलव ८८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६३१ दशमलव ८९ विन्दुमा पुगेको हो । २ हजार ६४५ दशमलव ५० विन्दुदेखि खुलेको बिहीवारको बजार २ हजार ६१६ दशमलव शून्य ३ विन्दुसम्म झरेर उकालो लागेको हो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन समूहको सबैभन्दा बढी २ दशमलव ११ प्रतिशत घटेको छ । यससँगै लगानी समूहको १ दशमलव शून्य ३ प्रतिशत, म्युचुअल फन्डको शून्य दशमलव २५ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ३३ प्रतिशत परिसूचक घटेको छ ।

बिहीवारको बजारमा व्यापारिक समूहको परिसूचक सर्वाधिक ८ दशमलव ६३ प्रतिशत बढेको छ । बैंकिङको शून्य दशमलव ३ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य ३ प्रतिशत, जलविद्युत्को शून्य दशमलव ९८ प्रतिशत, वित्तको १ दशमलव ९६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव २३ प्रतिशत, अन्यको ३ दशमलव २६ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा सान्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अन्य सात कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सान्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ३५ ले बढेर अन्तिम मूल्य रू। ३८५ कायम भएको छ । यो दिन युनाइटेड फाइनान्सको ९ दशमलव ९५ प्रतिशत, किसान लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, वोमी लघुवित्तको ९ दशमलव ९४ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९४ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशत, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको ९ दशमलव ७८ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनको ९ दशमलव १६ प्रतिशतले शेयरमूल्य बढेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्