जब एक महिलाले तीन बच्चासहित राष्ट्रपतिसंग आत्महत्याको अनुमति मागिन्


काठमाडौं, चैत २० । श्रीमान र परिवारले सास्ति दिने गरेको भन्दै भारतको राजस्थानकी एक महिलाले राष्ट्रपतिसंग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छिन्।

सोनु चौहान नाम गरेकी ती महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी हुन्। अजमेरको पटेल नगर तोपदडाकी ती महिला आफ्ना तीन सन्तानसहित जिल्ला कलेक्टर कार्यालय पुगेर राष्ट्रपतिको नाममा लेखिएको ज्ञापन पत्र बुझाएकी थिइन्।

जसमा आत्महत्याका लागि अनुमति मागिएको थियो। उनले श्रीमानसहित सासु र नन्दले आफूमाथि विगत १४ वर्षदेखि कुटपिट गर्ने, आफू १३ र ९ वर्षकी छोरी र ५ वर्षको छोरासहित ४ वर्षदेखि अलग्गै बस्दै आएकोमा त्यहाँ पनि उनीहरुले दुख दिने गरेको ज्ञापन पत्रमा उल्लेख गरेकी छिन्। एजेन्सी

Skip This

Omoda E5 Pro