Logo

जडिबुटीमा कार दुर्घटना, एकको मृत्यु



काठमाडौं, चैत २० । जडिबुटीमा आज बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यू भएको छ । बिहान सवा सात बजेतिर भएको दुर्घटनामा कार चालक सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार अनियन्त्रित गतिमा पेप्सीकोलाबाट जडिबुटी चोकतिर आएको बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किँदा कारमा सवार २१ वर्षे जितम गुभाजुको घटनास्थलमा निधन भएको हो । दुर्घटनामा कार चालक वर्ष २१ का वीरेन्द्र श्रेष्ठ सामान्य घाइते भएका छन । मृतकको शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्