Logo

मिर्गौला पीडित घिसिङलाई एक लाख ३५ हजार सहयोग



२० चैत: रामेछाप खाँडादेवी गाउँपालिका–६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट रु एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।

झण्डै एक महिनादेखि सहयोग अभियान शुरु गरी सङ्कलन गरिएको उक्त रकम बुधबार खाँडादेवी गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष प्रेम तामाङ, वडा नं ६ का अध्यक्ष पुष्कर कार्कीलगायतको उपस्थितिमा पीडितकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो । झण्डै चार वर्षदेखि घिसिङको दुवै मिर्गौलाले काम नगरेपछि नियमित डायलाइसिस भइरहेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण जीवनमरणको दोसाँधमा रहेका उनको प्राण रक्षार्थ सहयोग सङ्कलन गरिएको खत्रीले बताए । उनले कोरियामा रु एक लाख, युकेबाट रु ३० हजार र नेपालमा रु पाँच हजार सङ्कलन भएको र सम्पूर्ण विवरण सामाजिक सञ्जालमार्फत प्रकाशन गरेकोसमेत बताए। सहयोग रकम पाएपछि उपचार गराउन सहज हुने बिरामीकी धर्मपत्नीले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्