Logo

माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक जारी, नयाँ रणनीति बनाउँदै



काठमाडौं, २० चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । नेकपा (एमाले) भित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले नेताहरू माधव कुमार नेपाल, डा. भीम बहादुर रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म निलम्बन गरेका छन् । यसले नेपाल पक्ष झनै आक्रामक बनेको छ ।

नेपाल पक्षधरले अब देशव्यापी रुपमा समानान्तर कमिटी गठन गर्ने घोषणा गरिसकेको छ । हिजोमात्रै काँस्कीमा समानान्तर कमिटी गठन भैसकेको छ । यसअघि गोरखामा, भोजपुरमा पनि समानान्तर कमिटी गठन भैसकेको छ । अब कसरी जाने ? भन्नेबारे रणनीति बनाउको लागि नेपाल पक्षधर आजपनि छलफलमा जुटेका छन् । उक्त समूहको स्थायी कमिटी बैठक जारी छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बसिरहेको एक नेताले जनाए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्