Logo

साङ्लो बोरोको अभिनय रहेको मैया र तिलकको आवाजमा ‘गर्छु नमस्कार’



काठमाडौँ, २० चैत्र । चर्चित गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा सार्वजनिक भएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो । गीतमा साङ्लो बोरो लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज रहेको छ । चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्