Logo

ब्राउनसुगरसहित पक्राउ



काठमाडौं, २० चैत्र । अवैध लागूऔषध सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ९ ग्राम १ सय १० मिलिग्राम सहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय गोविन्द राजवंशी, अर्जुनधारा नगरपालिका–६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका–१० बस्ने ३६ वर्षीय विनोद राजवंशी रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले लोकेन र विनोदको साथबाट लागूऔषध नाप तौल गर्न प्रयोग हुने डिजिटल तराजु बरामद भएपश्चात थप अनुसन्धान गर्ने क्रममा गोविन्दको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्