Logo

मोटरसाईकल चोरीमा संलग्न दुई पक्राउ



सुनसरी, २० चैत्र । मोटरसाईकल चोरीमा संलग्न २ जना अभियुक्त पक्राउ परेका छन् । मोटरसाईकल चोरीमा संलग्न रहेको आभियोगमा २ जनालाई इनरुवा नगरपालिका–२ स्थित सडकबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गढी गाँउपालिका–१ बस्ने २० वर्षीय महमद सुभान र १९ वर्षीय महमद असफर रहेका छन् । उनीहरूले इनरुवा १ शान्ति चोकमा पार्किङ गरी राखेको रामधुनी नगरपालिका–७ बस्ने कुल बहादुर बस्नेतको नाममा दर्ता भएको को.१४ प ९० नम्वरको मोटरसाईकल चोरी गरी लैजाँदै गर्दा इनरुवा नगरपालिका–२ नजिक सार्वजिक बाटोमा गाईलाई ठक्कर दिई दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोटरसाईकल सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्