Logo

कुमारी बैंकको उपाय सिटी कार्गोसँग सम्झौता



काठमाडौं, २० चैत्र । नगदमा आधारित कारोबार/भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गोसँग सम्झौता गरेको छ । सहकार्यसम्बन्धी सो सम्झौतापत्रमा बैंकका अध्यक्ष अमिरप्रताप राणा र उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीको तथा एफ वान इन्टरनेसनलका विश्वास ढकाल एवम् युके एडअन्तर्गतको सीप का नेपाल प्रमुख बल्जित बोहराले हस्ताक्षर गरेका छन् ।

उपाय सिटी कार्गोसँग आबद्ध पिक–अप ड्राइभर पार्टनरहरुलाई क्यूआर कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले सञ्चालित ढुवानी व्यवसायलाई अझव्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्