Logo

माधव नेपाल पक्षधरको बैठक, भुसाल र पाण्डेलाई गरेको निलम्बन गर्ने कदमको निन्दा



काठमाडौं, २० चैत्र । नेकपा (एमाले) माधव कुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ । कलंकीस्थित् मेगा पार्टी प्यालेशमा जारी बैठकले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई हिजो गरेको निलम्बनलाई लिएर निन्दा गरेको छ ।

बैठकको बीचमै बाहिर निस्किएर मिडियाकर्मीसँग कुरा गर्दै नेता भीम रावलले भुसाल र पाण्डेमाथि निलम्बन गर्ने कदमको भत्सर्ना गरेको जानकारी दिए । यसअघि अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र डा. भीम बहादुर रावलमाथि ६ महिनाको निलम्बन गरेका छन् । नेता नेपाल पक्षले अब देशव्यापी रुपमा समानान्तर कमिटी बनाउने घोषणा गरिसकेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्