Logo

गणतन्त्रसहितको उपलब्धि उल्टाउन खोजिएको छः प्रचण्ड



काठमाडौं, २० चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रसहितको उपलब्धि उल्टाउन खोजिएको बताएका छन् । उनले गणतन्त्र, संघीयतासहितको परिवर्तनलाई उल्टाउन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व लागेको आरोप लगाएका हुन् ।

‘अहिलेको नेतृत्वले उपलब्धि उल्टाउन खोजेको छ,’ प्रचण्डले प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभामा बोल्दै भने,‘प्रतिगमनकारीले षड्यन्त्रमूलक ढंगले सक्रियता देखाइरहेका छन् ।’

राज्य प्रतिगमनतिर लागेको उनको भनाई थियो । परिवर्तन र उपलब्धि जोगाउन एकजुट हुन आव्हान समेत गरे ।



प्रतिक्रिया दिनुहोस्