Logo

नबिल बैंकले गर्यो आर.एण्ड.डी. इनोभेटिभसँग सम्झौता



काठमाडौं, २० चैत्र । नबिल बैंकले आर.एण्ड.डी.इनोभेटिभ सोलुसन्स् प्रा. लिसँग सम्झौता गरेको छ । दुई कम्पनीबीच कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको बैंकले जनाएको छ । सम्झौता पत्रमा नबिल बैंक, एस.एम.ई. तथा लघुवित्तका प्रमुख निरजकुमार बस्नेत (डनिल) र आर.एण्ड डि.का अध्यक्ष सुनिता न्हेम्हाफूकीले हस्ताक्षर गरेका हुन् ।

बैंकको अनुसार सम्झौतापछि बैंकले कृषि प्राविधिकलाई आवश्कता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्