Logo

सिआइडी नेपालको सल्लाहकार समितिको संयोजकमा शिब ओली



धनगढी, २१ चैत्र । सामाजिक संस्था सिआइडी नेपालको सल्लाहकार समितिको संयोजकमा युवा नेता शिब सिं ओली नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव ओली संस्थाको सल्लाहकार प्रमुखमा नियुक्त भएका हुन् ।

स्थापना कालदेखि मानव जीवनमा महत्वपूर्ण क्रियकलापमा सहयोगी बन्दै आएको उक्त संस्थाले भ्रष्टाचार नियन्तरणदेखि प्राकृतिक तथा कृतिम जोखिम न्यूनिकरण जस्ता मानवताका क्षेत्रमा काम गर्दैआएको छ । यस्तै, कृषि, व्यपार व्यबसाय तथा बतावरण प्रबर्द्धनमा कृर्याशिल यस संस्थाले समाजको सकारात्मक परिवर्तनमा मानवीय सोच तथा पहल कदमीको वकालत गर्दै युवा वर्गलाई देश र समाजको समृद्धितर्फ अग्रसर गराउने प्रेरणादा दिन्छ ।

यस संस्थाको पहलमा सहयोगी मनहरुको साथमा बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको परिवारलाई दुई लाख बढी रुपैया जम्मा गरेर राहात दिन थालेको राष्ट्रिय अध्यक्ष दिल्लीराज भट्टले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्