Logo

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा चुनावी सरकार बन्नसक्छः अमरेश सिंह (भिडियोसहित)



काठमाडौं, २१ चैत्र । नेपाली काँग्रेसका सांसद डा. अमरेशकुमार सिंहले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा चुनावी सरकार बन्नसक्ने बताएका छन् । उनले विगतमा पनि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनेको स्मरण गराउँदै फेरि त्यस्तै अवस्था आउनलागेको बताएका हुन् ।

‘विगतमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनेजस्तै चोलेन्द्र शमशेर जबराको नेतृत्वमा चुनावी सरकार बन्नसक्छ,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँगको अन्तवार्तामा अमरेश सिंहले भने,‘देश अब चुनावमा जान्छ ।’

उनले मंसिर या ढिलोमा वैशाखमा चुनाव हुने बताए । देश चुनावमा जानुको विकल्प नभएको बताए । प्रतिनिधि सभा कामविहिन अवस्थामा पुगेको उनको भनाई थियो ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न जनता समाजवादी पार्टीले साथ नदिने ठोकुवा गरे । जसपाको एउटा पक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्को पक्ष प्रचण्डले चलाइरहेको बताए । प्रचण्डको लागि काँग्रेस प्रयोग नहुने बताए ।

विगतमा काँग्रेसलाई प्रचण्डले पटक पटक प्रयोग गर्न खोजेको बताए । तर, हरेक पटक प्रचण्डले धोका दिदै आएको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्