Logo

इमाडोलमा अभिनन्दन सहकारीको शुभारम्भ



ललितपुर, २१ चैत्र । अभिनन्दन बहुउेद्देश्यीय सहकारी संस्था लिमिटेडको शुभारम्भ भएको छ । आज महालक्ष्मी नगरपालिका-४ को इमाडोलमा सहकारीको विधिवत् शुभारम्भ गरिएको हो ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका उपाध्यक्ष नारायणभक्त श्रेष्ठले सहकारीको शुभारम्भ गरेका हुन् । कार्यक्रममा सहकारी विज्ञ मदनकृष्ण घिमिरे अतिथिका रुपमा सहभागी थिए ।

अनिल श्रेष्ठ अध्यक्ष रहेको सहकारीमा अमिरमान श्रेष्ठ उपाध्यक्ष छन् । श्याम कायस्थ सचिव, बिनोद केसी कोषाध्यक्ष, कृष्णभक्त श्रेष्ठ, सरोज खत्री केसी र कन्जेस मास्के सदस्य रहेका छन् । सहकारीको कार्यकारी प्रमुखमा बिनोद केसी छन् ।

सहकारी उद्घाटनपछि बोल्दै केन्द्रीय सहकारी संघका उपाध्यक्ष नारायणभक्त श्रेष्ठले सहकारी आर्थिक क्रान्तिका लागि आन्दोलनकै रुपमा बढिरहेकोमा अभिनन्दन सहकारीले त्यसमा महत्वपूर्ण योगदान दिने आशा व्यक्त गरे । उनले सहकारीको उत्तरोत्तर प्रगतिको कामना गरे ।

सहकारी विज्ञ मदनकृष्ण घिमिरेले अभिनन्दनले सहकारी सेवामार्फत् नागरिकको हितमा योगदान दिने आशा व्यक्त गरे ।

अभिनन्दन सहकारीका अध्यक्ष तथा महालक्ष्मी नगरपालिका ८ का जनप्रतिनिधि अनिल श्रेष्ठले सहकारीमार्फत् आर्थिक विकासमा टेवा पुर्याउन लागिपर्ने बताए । उनले सबैको साथ र सहयोगको आशा व्यक्त गरे ।

सहकारीका कार्यकारी निर्देशक बिनोद केसीले अभिनन्दन नागरिकको हितमा केन्द्रित हुने बताए । उनले सहकारीमार्फत् उदाहरणीय रचनात्मक भूमिका निभाउने समेत प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्