Logo

राष्ट्रपति भण्डारी झलनाथ खनालको निवास पुगी दुई घन्टा कुराकानी



काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगिन् । आज अपरान्ह खनालकै निवास पुगेकी भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण कुराकानी गरेकी छिन् ।

खनाल निकटस्थ स्रोतले भेटवार्ताको पुष्टि गरेको छ । भेटमा भण्डारीले पछिल्लो राजनीतिक संकट टार्न महत्वपूर्ण प्रस्ताव लगेकी छिन् । जसमा वामपन्थी एकता कायमै राख्न राजनीतिक लेनदेनको विषय रहेको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट टार्न भण्डारीले महत्वपूर्ण प्रस्ताव लगेकी छिन् । उनले त्यसका लागि आफूले भूमिका खेल्ने समेत स्पष्ट पारेकी छिन् । वामपन्थी नेतृत्वकै सरकार कायमै राख्नेबारे पनि भेटमा छलफल भएको स्रोतले बतायो । त्यसका लागि ओलीको विकल्पमा अन्य कसैलाई सार्नेबारे समेत छलफल भएको बुझिएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेपछि नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो । ओलीको सत्ता संकट बढेपछि राष्ट्रपति भण्डारी सक्रिय भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्