Logo

राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर नः प्रधानमन्त्री



काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को गणितले देशको आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कहिलेकाहीँ देशको आवश्यकता र संसद्को गणित फरक पर्ने र कृत्रिम ढंगले यताउता सार्ने प्रयास हुने बताए । ‘व्यक्तिका स्वार्थको खेलबाट राजनीतिक अंकगणित देशको आवश्यकता विपरीत गयो भने ताजा जनादेशमा जानुपर्छ । हामीले गरेको विघटन त्यही गर्न थियो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले अहिले पनि संसद्को अंकगणितले देश अगाडि जान नसक्ने भन्दै ताजा जनादेशबाट पनि हेरफेर गर्नुपर्ने उल्लेख गरे ।प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा पनि आउन सक्ने बताए ।

प्रधानमन्त्री ओलीले दिनैपिच्छे विभिन्न पक्षले आफ्नो राजीनामा माग्ने गरेको र सञ्चारमाध्यमले त्यसलाई नै मुख्य समाचार बनाउने गरेको भन्दै गुनासो पोखे । ‘राजीनामा आज मागेको हो र । राजीनामा, मागेको माग्यै छन् त । मागेपिच्छे म कसरी दिनसक्छु रु’ उनले भने ।

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने तर राजीनामा भने माग्ने गरेको उनको भनाइ छ । ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न,’ उनले कार्यक्रममा भने ।सरकारले देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्