Logo

तीन वर्षभित्र २ हजार २ सय १० किलोमिटर नयाँ सडक बन्ने



काठमाडौं, चैत २२ । सरकारले आगामी तीन वर्षभित्र २ हजार २ सय १० किमी सडक निर्माण र विस्तार गर्ने भएको छ । प्राथमिकताका आधारमा छनोट भएका १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक आयोजना तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी तीन वर्षभित्रमा थप २ हजार २ सय १० किलोमिटर सडक निर्माण सम्पन्न भइसक्ने बताए । यी आयोजनाको लागत ५७ अर्ब १० करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

‘आजबाट पूर्वाधार र सडक निर्माणका क्षेत्रमा नयाँ चरणको अभियानको थालनी भएको छ,’ नेम्वाङले भने, ‘निर्वाचन क्षेत्रलक्षित सडक पूर्वाधार निर्माणको कामलाई हामीले तीन वर्षभित्र सक्ने भनेका छौं । यसबाट कम्तीमा दुई लेनको २ हजार २ सय १० किलोमिटर सडक कालोपत्रे हुन्छ ।’ राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्