Logo

हुम्लामा खाद्यान्न समस्या लिमीवासी सदरमुकाममा



हुम्ला, चैत २२ । हिमालपारिको गाउँ लिमीको एक टोली खाद्यान्न समस्या हुने देखिएपछि सदरमुकाम सिमकोट आइपुगेको छ । लिमीका तीनवटा गाउँका बासिन्दाको सामूहिक निर्णयबाट वडाध्यक्षको नेतृत्वमा २५ जनाको टोली सदरमुकाम आइपुगेको हो ।

लिमी तिल गाउँका ठिल्ने तामाङले पाँच हजार मिटर उचाइमा रहेको न्यालु लेकको हिउँ छिचोल्दै लिमीवासीको टोली सदरमुकाम आइपुगेको बताए । उनले खेतीयोग्य जमिन कम भएका कारण उत्पादन कम हुने र चीनको ताक्लाकोटबाट यो वर्ष खाद्य सामग्री नआएपछि गाउँमा खाद्यान्न समस्या देखिन थालेको बताए ।

वर्षभरि चाहिने खाद्यान्न गाउँमा उत्पादन नहुने भएकाले लिमीवासी एक वर्षलाई पुग्ने खाद्यान्न चीनतिरबाट ल्याएर राख्ने गर्थे । विगतमा असोजतिरै चीनतर्फबाट गाउँमा खाद्यान्न आउने गथ्र्यो । यसपटक कोरोना महामारीले गर्दा नाका बन्द भएकाले लिमीमा खाद्यान्न समस्या सुरु भएको छ । १४७ घरधुरी रहेको लिमीको तीनवटै गाउँको जनसङ्ख्या एक हजार दुई सय छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्