Logo

विवाह गरेको एक वर्षमा आमा बन्दै प्रियंका कार्की



काठमाडौं, २२ चैत्र । नेपाली चलचित्र क्षेत्रकी नायिका प्रियंका कार्की आमा बन्ने भएकी छिन् । शुक्रबार प्रियंका आँफैले सामाजिक सञ्जाल फेसबुकमा बढ्दै गएको पेटसहितको तस्वीर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

एक वर्ष अघि नायक आयुष्मान देशराजसँग विवाह बन्धनमा बाधिएकी प्रियंका पहिलोपटक आमा बन्ने भएकी छिन् । उनले बेबी बम्पसहितको तस्वीरको साथमा क्याप्शनमा लेखेकी छिन्, ‘हो, हामी गर्भवती छौ, तपाई सोध्न छाड्नुस् ।’

लामो समयसम्म प्रेम सम्बन्धमा रहेका कलाकारहरु प्रियंका र आयुष्मान देशराजले एक वर्ष अगाडी विवाह गरेका थिए । विवाह लगत्तै देशमा लकडाउन भएकोले हनिमुन मनाउन नपाएका यो जोडीले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्समा मनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्