Logo

मलेसियाबाट ल्याइयो १२ नेपालीको शव



काठमाडौं, २२ चैत । मलेसियाबाट विभिन्न समयका मृत्यु भएका १२ जना नेपालीको शव ल्याइएको छ । नेपाल एयरलाइन्सबाट आइतबार ती शव ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले जनाएको छ ।

मलेसियामा ज्यान गुमाएका महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर र सूर्य विकको शव आइतबार ल्याइएको हो ।

भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ।

रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव एकैसाथ ल्याइएको सो कार्यालयले जनाएको छ ।कोरोना संक्रमणका कारण उडान प्रभावित भएसँगै वैदेशिक रोजगार बोर्ड तथा सम्बन्धित देशस्थित नेपाली दूतावासले एकसाथ शव ल्याउने व्यवस्था मिलाउन थालेका हुन् ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्