Logo

आफ्नै शिशुको हत्यामा सम्लग्न आमा पक्राउ



कास्की, २२ चैत्र । आफ्नै शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ परेकी छिन् । आफ्नै ४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भएकी २२ वर्षीया गिता कुँवर सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । उनीमाथि  कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्