Logo

मन्दिरको दानपेटीमा कन्डम फालेपछि…



एजेन्सी, २२ चैत्र । जब दानपेटी खोलियो तब कन्डम भेटियो । त्यो पनि पिसाब भरेर फालिएको अवस्थामा । यो घटना भारतको मैंगलुरुस्थित मन्दिरको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्वामी कोरगज्जा मन्दिरको दानपेटिकामा केही युवाहरुले कन्डम हालिदिएका थिए । पिसाब भरिएको कन्डम फाल्नेहरुको पहिचान भएको छ । प्रहरीले उनीहरुको पहिचान गरेको नभई आफै गल्ती भयो भन्दै पूजारी कहाँ पुगेका हुन् । घटनामा संलग्न एकजनाको विरामी भई मृत्यु भएपछि दुईजना माफी माग्दै पुगेका थिए ।

घटनापछि आरोपीमाथि अभियोग दायर भएको छ । प्रहरीले थप प्रमाण जुटाइरहेको उल्लेख छ ।

मन्दिरमा भएको यो घटनाप्रति बलिउड स्टार कंगना रनोटले समेत आपत्ती जनाएकी छिन् । उनले ट्वीट गर्दै हिन्दु मन्दिरहरुको अवस्था नाजुक रहेको टिप्पणी समेत गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्