Logo

माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिएपछि जसपाले निर्णय लिन्छः राजकिशोर यादव



काठमाडौं, २२ चैत्र । जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजकिशोर यादव वैचारिक राजनीतिमा विश्वास गर्छन् । स्पष्टवक्ता यादवले माओवादी केन्द्रलाई सरकारलाई दिइआएको समर्थन फिर्ता लिन भनेका छन् । नेता यादवसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कका लागि गरेको कुराकानीः

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने भनेको छ । अब जसपा कता जान्छ ?
नेपाली काँग्रेसले ढिलो भएपनि प्रमुख प्रतिपक्षको भुमिकामा आएको छ । यो सरकार मुलुकको हितमा छैन, राजिनामा माग्ने र भरसक आफ्नै नेतृत्वमा सरकार बनाउने जुन निर्णय भएको छ । अब काँग्रेसको निर्णय भयो । काँग्रेसले निर्णय गरेपनि उहाँहरुले पनि अरुको सहयोग लिनुपर्ने हुन्छ । त्यसैले अरुको सहयोगको लागि उहाँहरुले निर्णय सहित संवाद थालनी गर्नु पर्ने हुन्छ । जहाँसम्म जनता समाजवादी पाटीको कुरा छ । हामी केही दायित्वबाट बाँधिएका छौँ । त्यो भनेको विगतमा हामीले आन्दोलन गर्यौ र त्यो आन्दोलनबाट उठान गरेका विषय बस्तुहरु छन् । यो मुलुकको राज्य प्रणालीसँग, शासकीय स्वरुपसंग या संविधानसंग सम्बन्धित विषय हो । अर्को विषय त्यसबाट उत्पन्न भएका घटनाहरुबाट प्रभावित भएका पिडित भएका ब्यक्तिहरुको बारेमा त्यसलाई कसरी निराकरण गर्न सकिन्छ । त्यसैले यी विषयहरुको बारेमा हामीले बारम्बार विभिन्न पार्टी र सरकारसँग संबाद गर्दै आईरहेका छौँ

। आजपनि हामी त्यही कारणले सरकारले त्यो अन्दोलनमा जसरि त्यो परिस्थिति निर्माण गर्यो, जुन व्यक्तिहरु पीडित हुन् ती पीडित व्यक्तिहरुका लागि काम गरोस्, यो राज्यले र राष्ट्रिय सहमति निर्माण हुने अवस्था सृजना गरोस् । संकटको निकास निकाल्नुपर्छ भन्ने हाम्रो चाहना हो । त्यसैले जनता समाजवादी पार्टी अब यीनीहरु नेपाली काँग्रेस पनि मैदानमा आयो । अब नेपाली काँग्रेसले सरकार त बनाउने तर कस्तो सरकार बनाउने त्यो सरकारको नीति तया कार्यक्रम के हुने त्यो सहित सम्भावना आयो भने जनता समाजवादी पार्टी संवाद गर्छ । र संवादको माध्यमबाट एउटा निष्कर्षमा पुग्छ ।

तपाईँहरुले संवादको माध्यामबाट निष्कर्षमा पुग्ने बताइरहँदा नेपाली काँग्रेसमा शेरबहादुर देउवाको नाम प्रधानमन्त्रीका लागि अगाडि बढेको छ ? अब तपाईँहरुले प्रधानमन्त्री बनाउन शेरबहादुर देउवाको नाम सिफारिस गर्ने कि नगर्ने ?
त्यो नेपाली काँग्रेसको निर्णय हो । यसको सभापति माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ । उहाँ काँग्रेस संसदीय दलको नेता हुनुहुन्छ । त्यसैले काँग्रेसले निर्णय गर्दैमा जसपा त्यसको पछाडि कुदिहाल्नु पर्ने कुनै तर्क देख्छु नत्र कुनै कारण देख्छु । जसपा यो मुुलुकको एउटा बैचारिक राजनीति गर्छु । यो परम परम्परावादी राजनीतिले यो मुलुकलाई राम्रो गर्न सकेन । त्यसै सोचका साथ हामी अगाडि बढिरहेको र त्यसको प्रतिफल अहिले दुईवटा पार्टी राजपा र संघिय समाजवादी मिलेर जनता समाजवादी पाटी बनेको हो । अहिलेको परिस्थितिमा हिजोको दिनमा त हामी सरकारमा नजाने झुटा मुद्दाहरुलाई प्रभावकारि बनाउनको लागि सरकारलाई दबाब दिने वा मुद्दा उठाईरहने भन्ने हाम्रो सोच हो । तर अहिले जसरी राष्ट्रिय राजनीतिमा यस्तो घटना विकसित भयो । र जनता समाजवादी पार्टी सरकारमा नगए मुलुक अनिर्णयको बन्दी बन्नु पर्ने स्थिति देखा पर्यो ।

यस प्रकारले जनता समाजवादी पार्टी एउटा जिम्मेवार पार्टी जनताको हितलाई केन्द्रविन्दुमा राखेर कामगर्ने पार्टी भएको हुनाले अहिलेको उपलब्धिहरु धरापमा पार्ने काम गर्दैन । लोकतन्त्र र गणतन्त्र या अहिले जुन प्रकारको उपलब्धिहरु छ त्यसमा हानी हुने कार्य गर्दैन । जसपा सही समयमा सही निणर्य गरेर अगाडि बढ्छ । नेपाली काँग्रेस बल्ल फिल्डमा कुदीसके पछि अब एउटा खड्गो माओवादी केन्द्रले अहिले आफ्नो समर्थन के गर्छ भन्ने हो । अहिले पनि यो सरकार बहुमतको सरकार हो । राजनीतिक रुपले माओवादी केन्द्र यसको विरोधमा छ । तर कानुनी र संवैधानिक रुपमा यो सरकारसँग छ । यसले माओवादी केन्द्रले आफनो स्पष्ट आफ्नो समर्थन फिर्ता लिई सकेपछि नयाँ परिस्थिति बन्छ । पहिले त उसले समर्थन फिर्ता लिन्छ कि लिदैन ? अहिले अब सधै लिन्छ लिन्छ भन्छ । केही न केही कारण देखाएर लिइरहेको हुदैन । त्यो लिएपछि जनता समाजवादी पार्टी आफनो निणर्य गर्छ ।

 



प्रतिक्रिया दिनुहोस्